Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

अवैध बाटो हुँदै भारतबाट कैलालीमा ६४ जना भित्रिए

अवैध बाटो हुँदै भारतबाट कैलालीमा ६४ जना भित्रिए

धनगढी, १६ चैत । नेपाल र भारतमा यति बेला लकडाउन गरिएको छ । सीमा नाका ठप्प छन् । यद्यपि नेपाल–भारतको खुला सीमा भएकाले अवैध बाटो हुँदै नेपाली स्वदेश भित्रने क्रम रोकिएको छैन ।
शनिवार मात्रै ६४ जना नेपाली खुला सीमा प्रयोग गरी अवैध बाटो हुँदै नेपाल भित्रिएका छन् । भारतको गैरीफन्टा र तिकुनिया खुला सिमानाबाट उनीहरु नेपाल प्रवेश गरेका हुन् । त्यसरी नेपाल भित्रनेमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नं २ पुरानो भन्सार रोड र वडा नं ९ गैरीपुरका रहेका छन् ।
कोराना संक्रमण रोकथाम गर्न नेपाल र भारतमा लकडाउन भएका कारण उनीहरू अवैध बाटो हँुदै नेपाल भित्रिएका हुन् । अवैध रूपमा नेपाल भित्रिएको स्थाीनयले जानकारी प्राप्त गरेपछि उनीहरूलाई आहिले सोही ठाउँको तिल्लेका तालमा राखिएको छ । अहिले सो क्षेत्रमा प्रहरीले उनीहरूको विवरण तयारी गरी क्वारेन्टाइनमा राख्ने प्रक्रिया अगाडि बढाएको छ । यसरी अबैधरुपमा नेपाल भित्रीएकाहरुलाई कोरोना चेकजाँच गरी क्वारेन्टाइनमा राख्नु पर्ने स्थानियले बताएका छन् । कैलालीमा काम गर्दै आइरहेका भारतीय नागरिक पनि यसै खुला सीमा नाकाबाट आइतवार २५ जना बाहिरिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x