Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अर्थतन्त्र चलायमान राख्न विज्ञ सहितको अध्ययन समिति गठन गरिँदै

अर्थतन्त्र चलायमान राख्न विज्ञ सहितको अध्ययन समिति गठन गरिँदै

काठमाडौं, २२ चैत । कोभिड–१९ को नियन्त्रणमा भएका प्रयासले अर्थतन्त्रमा पारेको प्रभाव तथा अबका दिनमा गर्नुपर्ने कामबारे राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरू तथा स्वास्थ्य विज्ञसँग शुक्रवार अर्थ मन्त्रालयमा भएको छलफलपछि अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।
सो छलफलमा सहभागीहरूले सरकारले कोरोना रोकथामका लागि चालेका कदम र उपयुक्त निर्णयले मुलुकलाई थप संकटबाट जोगाउन सहज भएको बताएका थिए । बैठकमा उनीहरूले स्वदेशमै रोजगारी सृजना गर्ने कार्यक्रम ल्याउनुपर्ने, कमजोर आय भएका र दैनिक ज्यालादारी गर्ने मजदूरको खानपानका लागि समयमै राहत पुर्‍याउन सरकारलाई सुझाएका थिए ।

साथै सामाजिक सुरक्षामा ध्यान दिँदै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधिको आत्मबल बढाउन, आगामी बजेटमा स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा बढी प्राथमिकता दिन, मितव्ययिताको नीति अवलम्बन गर्न र खरीदविक्री पारदर्शी बनाउन जोड दिएका थिए ।
बैठकमा मन्त्री डा. खतिवडाले कोरोना रोगको संक्रमण रोकथाम सरकारको मात्र नभई सबैको साझा दायित्व भएको भन्दै साझा समस्यालाई साझा रूपमै समाधान गर्न सबै जना आ–आफ्नो क्षेत्रमा जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए ।
राष्ट्रिय सोच र दृष्टिकोणलाई एकताबद्ध गर्दै संघीय सरकारले सबै राजनीतिक दल, सबै तहका सरकार र निजीक्षेत्रसँग छलफल र समन्वय गरी कोरोनाको सक्रमण रोकथाम तथा लक्षित वर्गसम्म राहत पुर्‍याउने कामलाई प्राथमिकतामा राखेको मन्त्री खतिवडाले बताए । यस्तै अन्तरराष्ट्रिय सीमा नाकाबाट थप जोखिम हुन नदिन सीमा बन्द गरिएको भन्दै उनले नेपालमा भएका विदेशी नागरिकलाई नेपालले सुरक्षा दिने र विदेशमा रहेका नेपाली नागरिकलाई ती देशले सुरक्षाका साथ बस्ने व्यवस्था मिलाउन कूटनीतिक तहमा पहल भएकोे जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x