Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

पर्यटक उद्दारको काम सकियो, १,५९२ आफ्नो देश फिर्ता

पर्यटक उद्दारको काम सकियो, १,५९२ आफ्नो देश फिर्ता

काठमाडौं, २२ चैत । देशका विभिन्न भागमा अलपत्र परेका पर्यटक उद्दारको काम सम्पन्न भएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । कुल १,७२१ पर्यटकलाई उद्दार गरी काठमाडौं ल्याइएको र त्यी मध्ये १ हजार पाँच सय ९२ जनालाई उनीहरुको देशमा पठाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।
‘यसले नेपाल पर्यटकका लागि सुरक्षित देश हो भन्ने सन्देश दिन सफल भएका छौं,’ उनले भने ।
सबैभन्दा पहिले फ्रान्स र जर्मनीले आफ्ना मुलुक सहित अन्य युरोपेली देशका पर्यटकको उद्दार गरेका थिए । कतार एयरवेजको चार्टर्ड फ्लाइटमा उनीहरुलाई गन्तव्य देशमा पु¥याइएको थियो । कतार एयरवेजले बाँकी रहेका पर्यटक तथा युरोपेली देशका मिसनमा काम गर्नेहरुको परिवारसहितको उद्दारका लागि काठमाडौं–दोहा–फ्रैंकफर्ट चार्टड उडान गर्दैछ । त्यस्तै, ३०२ अमेरिकी नागरिकहरुलाई पु¥याउन कतार एयरवेजको जहाज चार्टर्ड गरिएको थियो ।
अष्ट्रेलियाले पनि नेपाल वायु सेवा निगमको विमान चार्टर गरेर आफ्ना २२२ र न्यूजील्याण्डका २८ जनाको उद्दार गरेको थियो ।
श्रीलंकाले पनि वायु सेवा निगमको विमान चार्टर गरेर आफ्ना नागरिक लैजाने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x