Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

गभर्नर नियुक्तिका लागि ३ जना छनोट , को बन्ला १७ औं गभर्नर

गभर्नर नियुक्तिका लागि ३ जना छनोट , को बन्ला १७ औं गभर्नर

काठमाडौं, २४ चैत । नेपाल राष्ट्र बैकका गभर्नर डा.चिरञ्जीवि नेपालले ५ वर्षे कार्यकाल पूरा गरि अवकास पाएको दुई साता पछि नयाँ गभर्नरका लागि ३ जनाको नाम टुंगो लागेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वमा गठित सिफारिस समितिले दाबेदारहरु मध्यबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्र बैकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्व अर्थसचिव राजन खनालको नाम मन्त्रीपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको बुझिएको छ ।

समितिले आर्थिक, मौद्रिक, ब्यांकिङ, वित्तीय, वाणिज्य व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित २ जना र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरुमध्ये १ गरी ३ जनालाई सिफारिश गर्ने प्रावधान छ।

समितिले ३ जनाको नाम आज बस्ने मन्त्रीपरिषद् बैठकमा पेश गर्ने छ । मन्त्रीपरिषद् बैठकले ३ जनाबाट १ जनाई गभर्नरमा नियुक्त गर्नेछ ।

नयाँ गभर्नरका लागि सिफारिसमा परेको ३ जना सहित डा,मीनबहादुर श्रेष्ठ, सुवोधकुमार कर्ण र लालशंकर घिमिरे लगायतको चर्चा छ।

सिफारिसमा परेका ३ जना मध्ये पनि नयाँ गभर्नरमा अधिकारीको सम्भावना निकै बलियो रहेको बुझिएको छ । उनी राष्ट्र बैकका पूर्व डेपुटी गभर्नर समेत हुन । सोही कारण राष्ट्र बैकमा रहदा देखि नै अर्थमन्त्री खतिवडाको विश्वासिलो पात्र रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउछन् । उसो त खनाल पनि भर्खरै मात्र अर्थसचिवबाट अवकास प्राप्त हुन । अर्थमन्त्री खतिवडासँग कोर टिममा रहेर काम गरेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x