एनएमबि बैंकद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई १ सय थान पीपीई सहयोग
विवेक नगरी
धनगढी, २७ चैत । एनएमबि बैंकले सुदूरपश्चिम प्रदेश सरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रदान गरेको छ । कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक १ सय थान पीपीई बिहीवार सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।
एनएमबि बैंक प्रदेश ६ र ७ का प्रमुख रमेशराज भट्ट र धनगढी शाखाका प्रबन्धक अमन जोशीले संयुक्त रूपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ती सामग्रीहरू हस्तान्तरण गरेका हुन् । सामाजिक उत्तरदायित्व अनुसार उक्त सहयोग गरिएको बैंकका धनगढी शाखा प्रबन्धक जोशीले जानकारी दिए ।
सो अवसरमा प्रदेश सरकारका मन्त्रीहरू तथा उच्चस्तरीय पदाधिकारीहरूको पनि सहभागिता थियो । कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय÷व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यले बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदान आरम्भ गरेको छ ।