Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

गण्डकीमा २५९ जनाको स्वाबको नमूना संकलन : कोरोना पोजिटिभ २, नेगेटिभ १३५

गण्डकीमा २५९ जनाको स्वाबको नमूना संकलन  : कोरोना पोजिटिभ २, नेगेटिभ १३५

कास्की, २७ चैत । गण्डकी प्रदेशमा कोरोना भाइरसको आशंकामा २५९ जनाको स्वाबको नमूना संकलन गरिएको छ । त्यसमध्ये १३७ ओटाको मात्र रिपोर्ट आएको छ । यसमध्ये अहिलेसम्म १३५ जनाको नेगेटिभ र दुई जनाको पोजिटिभ रिपोर्ट आएको छ ।
केही दिनअघि संघीय सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना भाइरसको परीक्षण गर्ने पोर्टेबल आरटी पीसीआर मेशिन सञ्चालनमा आएपछि नमूना परीक्षण र उपचारका लागि बिरामीहरू आउन थालेका छन् ।
कोरोना भाइरसको संक्रमण फैलिएपछि विभिन्न देशबाट आएका व्यक्तिले तोकिएको क्वारेन्टाइन अवधि सकिएर घर गएपछि कास्कीका क्वारेन्टाइन खाली भएका छन् । विदेशबाट आएर १४ दिनसम्म क्वारेन्टाइनमा बस्दासमेत कोरोना भाइरसको कुनै लक्षण नदेखिएपछि उनीहरूलाई घर पठाइएको छ ।
कास्कीमा सरकारले बनाएको क्वारेन्टाइनमा बसेका ३६ जनालाई १४ दिनसम्म पनि कुनै पनि लक्षण नदेखिएपछि घर पठाइएको हो । कास्कीका विभिन्न स्थानमा होम क्वारेन्टाइनमा बसेकाहरूमा पनि लक्षण नदेखिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x