Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

पर्यटकको पर्खाइमा घोडेपानीको लालीगुराँस

पर्यटकको पर्खाइमा घोडेपानीको लालीगुराँस

म्याग्दी, २७ चैत । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको प्रभाव म्याग्दीको पर्यटन क्षेत्रमा पनि परेको छ । लकडानका कारण आन्तरिक तथा बाह्य पर्यटक आगमन ठप्प भएपछि यहाँका प्राकृतिक सम्पदा लगायत पर्यटक स्थल सुनसान बनेका छन् ।
यो समयमा जिल्लामो घोडेपानी क्षेत्रमा प्रशस्त लालीगुराँस फलेका छन् । तर लकडाउनका कारण यहाँसम्म पर्यटक आउन सकेका छैनन् । विगतका वर्षमा यति बेला यस क्षेत्रमा लालीगुराँस अवलोकनका लागि आउने पर्यटकको घुइँचो लाग्ने गर्थ्र्यो ।
आफूले जान्ने भएदेखि नै पहिलोपटक घोडेपानी सुनसान भएको स्थानीय होटल व्यवसायी टेकसर बुद्धुजाले बताए । ‘विगतमा यो समयमा दैनिक ५ सयभन्दा बढी पर्यटकको भीड लाग्ने घोडेपानी अहिले सुनसान छ,’ उनले भने । घोडेपानी र पुनहिल मात्रै होइन, म्याग्दीका प्रमुख पर्यटकीय स्थलहरूमा यतिबेला ढकमक्कै फुलिरहेका लालिगुराँसले पर्यटकहरुलाई पर्खिरहेका छन् । नेपालमा पाइने ३२ प्रजातीकामध्ये घोडेपानी क्षेत्रको जंगलमा रातो, सेतो, गुलाबी, चिमालीलगायत ८ प्रकारका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x