वीरेन्द्रनगरका जनप्रतिनिधिले चैत महीनाको घर भाडा नलिने

वीरेन्द्रनगर, २७ चैत । कर्णाली प्रदेशको राधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका अन्तर्गतका आफ्नो घर बहालमा दिएका सबै जनप्रतिनिधिले २०७६ चैतको १ महीनाको घर भाडा नलिने भएका छन् । वीरेन्द्रनगर नगरकार्यपालिकाको बुधवार वसेको बैठकले उक्त निर्णय गरेको हो ।
साथै नगरक्षेत्रभित्र आफ्नो घर बहालमा दिने अन्य घरधनीहरूलाई समेत १ महीनाको भाडा मिनाहा गरिदिन आग्रह गर्ने निर्णय भएको नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।
वीरेन्द्रनगर नगरपालिकाले नगर बाहिरबाट आएका नागरिक र विद्यार्थीलाई पनि राहत बाँड्ने वितरण गर्ने निर्णय गरेको छ । नगर गौरवका आयोजनाबाट ८० लाख रुपैयाँ काटेर नगरमा ज्याला मजदूरी गर्ने र विद्यार्थी परिवारलाई अत्यावश्यकीय राहत उपलब्ध गराउने बुधवार बसेको बैठकले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *