Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बैंकहरुले निक्षेपको ब्याज घटाए

बैंकहरुले निक्षेपको ब्याज घटाए

काठमाडौं, २७ चैत । बैंकहरुले सबै किसिमका निक्षेपको ब्याजदर घटाएका छन् । ऋण परिचालन कम भएर तरलताको कुशन राम्रै भएपनि उनीहरुले रेमिट्यान्समार्फत् आउने रकमको बचत तान्न ब्याज घटाउने निर्णय लिन सकिरहेका थिएनन् । तर, कारोना भाइरसको महामारी फैलिन नदिन सरकारले लकडाउन गरेपछि बैंकमा निक्षेप बढेको छ ।
यसैबीचमा नेराल राष्ट्र बैंकले नीतिगत ब्याजदर १ प्रतिशत बिन्दूले घटाएपछि बैंकहरुले पनि निक्षेपको ब्याजदर घटाएका हुन् । कर्जाको ब्याजदर भने जेठमा बेस रेट कम भएपछि मात्र घट्ने बताइएको छ
बैंकहले यसअघि निक्षेपको ब्याजदर एकल अंकमा राख्ने संकल्प अनुसार मुद्दति ९ दशमलव ७५ प्रतिशत सम्म ब्याज दिदैं आएका थिए । अब यस्तो ब्याजदर ८.७५ प्रतिशतसम्म मात्र दिइनेछ । त्यस्तै, संस्थागत निक्षेपकर्ताले ९ प्रतिशत ब्याज पाइरहेका थिए । उनीहरुलाई ८ प्रतिशत मात्र ब्याज दिइने नेपाल बैंकर्स एसोसिएसनको भद्र सहमति छ । तर नवीकरण गर्ने संस्थागत निक्षेपकर्तालाई ८ दशमलव १ प्रतिशतसम्म ब्याज दिन सकिने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x