Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

महावाणिज्य दूतका सबै सुविधा निलम्बन

महावाणिज्य दूतका सबै सुविधा निलम्बन

काठमाडौं, २७ चैत । परराष्ट्र मन्त्रालयले महावाणिज्य दूतका सबै सुविधा रद्द गरेको छ । शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल थर्मल गनको कालोबजारीमा पक्राउ परेपछि सरकारले केही समयका लागि भन्दै महावाणिज्य दूत सम्बन्धि सबै व्यवस्था केही समयका लागि निलम्बन गरेको हो ।

कालोबजारी गर्दैगर्दा प्रहरीले रंगेहात पक्राउ गरेका अग्रवालले आफू किर्गिस्तानको महावाणिज्य दूत रहेको बताएका थिए । उनी कूटनीतिक नियोगले प्रयोग गर्ने नीलो प्लेटको गाडीमा थर्मल गन राखेर कालोबजारीमा सक्रिय भेटिएका थिए ।
परराष्ट्र सम्बन्ध कायम भएका मुलुकबीच द्विपक्षीय लगानी र व्यापार सम्बन्ध विस्तारका लागि भन्दै कतिपय नेपाली व्यापारीहरुले विभिन्न देशको महावाणिज्य दूतको सुविधा लिएका छन् । अग्रवालको केसले उक्त सुविधा दुरुपयोग प्रमाणित भएसँगै सबैलाई निलम्बन गरीएको हो । नीलो प्लेट र झण्डा राखेर हिंड्न पाइने भएकाले व्यापारीले यसलाई ग्ल्यामर र पहुच स्थापित गर्ने माध्यमका रुपमा प्रयोग गर्दै आएका छन् ।
केही बाहेक अधिकांशको नीलो प्लेट लिने प्रयोजनका खातिर विभिन्न देशको महावाणिज्य दूत बन्ने र सुविधा लिने चलन छ ।

अर्को सूचना नभएसम्म नीलो प्लेट र झण्डा राखेको गाडी लिएर हिंड्न नपाउने गरी परराष्ट्रले सबैलाई सूचित गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x