Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कोरोना परीक्षणको दायरा बढाइयो

कोरोना परीक्षणको दायरा बढाइयो

काठमाडौं, २७ चैत । कोरोना भाइरसको संक्रमण तथा न्यूनीकरणका लागि सरकारले परीक्षणको दायरा बढाएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा परीक्षण विस्तार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
पछिल्लो पटक कोरोना भाइरसको संक्रमितहरूको पहिचान काम स्थानीय तहमै तीव्रताका साथ भइरहेको बुधवार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
दुई प्रदेशका विभिन्न जिल्लाबाट क्वारेन्टाइनमा रहेका ८०२ जनाकोे स्वाबको नमूना लिइएको देवकोटाले बताए । बुधवार अपराह्नसम्म २ हजार ३६६ जनाको नमूना परीक्षण गरिएको उनको भनाइ छ । यस्तै राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालमा १ हजार ९६५ र उपत्यकाबाहिर ४६१ जनाको नमूना परीक्षण गरिएको उनले जानकारी दिए ।
‘हालसम्म १३४ जना आइसोलेशनमा छन्,’ उनले भने, ‘नयाँ संक्रमित व्यक्ति नभएको र संक्रमित आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’ देशका विभिन्न भागमा हालसम्म ८ हजार ५८० जना क्वारेन्टाइनमा छन् । कोरोना भाइरसको संक्रमणको न्यूनीकरण तथा रोकथामको अवस्थाबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालहरू कोरोना संक्रमित बिरामी राख्न तयार भएको मन्त्रालयले जानकारी दिएको छ । यस्तै सरकारले दुवै अस्पतालमा १ सयभन्दा बढी बेड र ६ ओटा सघन उपचार कक्ष (आईसीयू) पूर्ण तयारी अवस्थामा राखेको मन्त्रालयले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x