रि प्याकिङ गरिएको स्यानिटाइजर नक्कली नभएको कम्पनीको दावी

काठमाडौं, २६ चैत । कायकल्पद्वारा रि प्याकिङ गरिएको इनस्टैण्ड हेण्ड स्यानिटाइजर नक्कली भनेर भ्रममा नपर्न कम्पनीले अग्रह गरेको छ । कम्पनीले रि प्याकिङ गरेको इनस्टैण्ड हेण्ड स्यानिटाइजर नक्कली भनेर विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएकोमा कम्पनीले खण्डल गरेको छ ।

यो उद्योगबाट विभिन्न कस्मेटिक सामाग्रीका उत्पादनका साथै इनस्टैण्ड हेण्ड स्यानिटाइजर रि प्याकिङ हुँदै आएका छन् । घरेलु तथा साना उद्योगमा दर्ता भएको यस कम्पनीले रि प्याकिङ गरेको सेनिटाइजरको लेबलमा प्रिण्ट त्रुटी भइ केही लेवलहरुमा इथानोल हुनुपर्नेमा मिथानोल भएकोले कंका उत्पन्न भएको हो ।

औषधी व्यवस्था विभागले परिक्षणका लागि प्रयोगशालामा लगेको कम्पनीले जनाएको छ । प्रिण्ट गलत भएपनि स्यानिटाइजरको गुणस्तरमा कुनै पनि फरक नभएकाले कोही पनि भ्रममा नपर्नु कम्पनीले अनुरोध गरेको हो । साथै कम्पनीले गरेको ल्याव परिक्षण रिपोर्टअनुसार इथायल अल्कोहलनै कम्पनीको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *