Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

एनएमबि बैंकद्वारा प्रदेश २ सरकारलाई १ सय थान पीपीई सहयोग

एनएमबि बैंकद्वारा प्रदेश २ सरकारलाई १ सय थान पीपीई सहयोग

धनुषा, २६ चैत । एनएमबि बैंक लिमिटेडले प्रदेश २ सरकारलाई चिकित्सकका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रदान गरेको छ ।
कोरोना भाइरस (कोभिड—१९) उपचारका लागि सहयोग पुर्‍याउने उद्देश्य एनएमबि बैंकका निक्षेप प्रबन्धक मिथिलेश कुमार झाले बुधवार बिहान १ सय थान पीपीई मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा मुख्यमन्त्री राउतले कोरोना संक्रमणको उपचारमा अत्यन्त महŒवपूर्ण मानिएको स्वास्थ्य सामग्री पीपीईले उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाएर उत्साहित बनाउन सहयोग पुर्‍याउने धारणा राखे । कार्यक्रममा प्रदेश नं. २ का सामाजिक विकासमन्त्री नवल किशोर साह, प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा र चिकित्सकीय सल्लाहकार समूहका डा. राम केवल साह उपस्थित थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x