Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बैतडीका विभिन्न ठाउँबाट नेपाल भित्रिने क्रम रोकिएन

बैतडीका विभिन्न ठाउँबाट नेपाल भित्रिने क्रम रोकिएन

चैत २६, बैतडी । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न नेपाल सरकारले लकडाउन गरेको छ । भारतसँगका सबै सीमानाका बन्द गरिएको छ । यद्यपि जिल्ला विभिन्न ठाउँबाट नेपाल भित्रने क्रम भने रोकिएको छैन ।
जिल्लाका शिवनाथ, पञ्चेश्वर गाउँपालिका र दशरथचन्द नगरपालिकाको सिमाना भारतसँग जोडिएका छन् । भारतबाट आउने तीनओटै स्थानीय तहका नाकामा कडाइ गरिनुका साथै नाका बन्द गरिएका छन् । तीनओटै स्थानीय तहका १० नाका बन्द भए पनि अहिले महाकाली नदीमा अवैध रूपमा ट्युबमामार्फत भारतीय र नेपालीले चर्को शुल्क लिएर मानिस पठाइरहेका छन् ।
पञ्चेश्वर गाउँपालिकामा–६ र शिवनाथ गाउँपालिकामा तीन नाकामा स्थानीय सरकारले डुंगा सञ्चालन गरेको छ भने दशरथचन्द नगरपालिकाको जुलाघाटमा नाकामा झोलुंगेपुल छ । अहिले यी सबै नाका बन्द भए पनि साँझतिर ट्युबमा भारतीय १ हजार रुपया तिरेर नेपालीहरू प्रवेश गरिरहेका छन् । यसरी विना स्वास्थ्य परीक्षण भित्रने गर्दा बैतडी कोरोनाको उच्च जोखिममा छ ।
अवैध रूपमा नेपाल प्रवेश गर्नेमा बैतडीका मात्र नभई डँडेलधुरा, कैलाली, अछाम, बझाङ सुखेतका समेत छन् । अवैध रूपमा महाकालीमा ट्युबमाथि तारिरहेकालाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले ठाउँ ठाउँमा टोली खटाएको छ । शिवनाथको खाँड, कुस्मौत, पञ्चेश्वरको रोलघाट, हल्दुविनायक र दशरथचन्द नगरपालिकाको बाराकोटमा टोली खटाइएको सशस्त्र प्रहरी बल बैतडीका डीएसपी अमित सिंहले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x