Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चितवन चेम्बरद्वारा विभिन्न संस्थालाई मास्क प्रदान

चितवन चेम्बरद्वारा विभिन्न संस्थालाई मास्क प्रदान

चितवन, २६ चैत । चेम्बर अफ कमर्श, चितवनले जिल्लाका विभिन्न संस्थाहरूले प्रयोग गर्नेगरी मास्क प्रदान गरेको छ । चेम्बर चितवनले कोरोना संक्रमण जोखिम कम गर्न १० हजार थान मास्क सहयोग गरेको हो । मंगलबार चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईमार्फत विभिन्न अस्पताल र सुरक्षाकर्मी लगायतका लागि मास्क सहयोग गरिएको चितवन चेम्बर अफ कमर्शका अध्यक्ष दीर्घमान श्रेष्ठले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी भट्टराईलाई हस्तान्तरण गरिएको मास्क विभिन्न स्थानीय तह तथा जिल्ला प्रहरी कार्यालय चितवनलाई प्रदान गरिनेछ । कोरोना भाइरसको जोखिममा काम गरिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि ती मास्क प्रयोग गरिने भट्टराइले बताए । मास्क हस्तान्तरण कार्यक्रममा चेम्बरका महासचिव बालकुमार श्रेष्ठ, सचिव मनोज विस्ट, सदस्यद्वय गौरीश्वर सापकोटा र सुदीप रेग्मी लगायतको सहभागिता थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x