Date

बिहि, मंसिर ११, २०८२
Thu, November 27, 2025

नयाँ पुस्ताको लागि एलजी नेपालले सार्वजनिक गर्यो एलजी एआई टेलिभिजन

नयाँ पुस्ताको लागि एलजी नेपालले सार्वजनिक गर्यो एलजी एआई टेलिभिजन

काठमाडौं, ११ मंसिर । टेलिभिजन प्रयोगकर्ताको बानी–व्यवहार, हेर्ने शैली तथा दैनिक क्रियाकलापलाई ध्यान दिदै एलजी नेपालले नयाँ प्रयोग सहितको नयाँ टेलिभिजन सार्वजनिक गरेको छ ।

अल्फा एआई प्रोसेसर जेनेरेसन–दुईद्वारा सञ्चालित यो टेलिभिजनले प्रयोगकर्ताको बानी–व्यवहार, हेर्ने शैली तथा दैनिक क्रियाकलाप सिकेर व्यक्तिगत अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

नयाँ टेलिभिजनले प्रयोगकर्ताको सुविधा र व्यक्तिगत आवश्यकताका आधारमा अत्याधुनिक बुद्धिमान सुविधाहरू प्रस्तुत गर्छ ।

प्राकृतिक संवादमार्फत सहायता प्रदान गर्ने एआई संवाद सहायक, रुचिअनुरूप सामग्री तथा जीवनशैली सुझाव दिने एआई व्यक्तिगत सहायक, दृश्यअनुसार रंग–प्रकाश मिलाइदिने एआई तस्बिर मार्गदर्शक, घरको वातावरणअनुसार ध्वनि अनुकूलन गर्ने एआई ध्वनि मार्गदर्शक, छिटो र प्रभावकारी सामग्री खोज प्रणाली एआई खोज सुविधा, तथा प्रत्येक प्रयोगकर्ताका लागि अलग–अलग भोकल पहिचान व्यवस्था गरिएको बताइएको छ ।

एआई स्वर परिचय जस्ता सुविधाले घरभित्रको मनोरञ्जन अनुभवलाई अझ आत्मीय, सहज र बुद्धिमान बनाउने कम्पनीको दाबी छ ।

एलजीले आफ्ना एआई टेलिभिजनहरूलाई चार फरक प्रिमियम श्रेणीमा उपलब्ध गराएको छ । जसमा ओएलइड ईभो एआई, क्युएनइड एआई, न्यानोसैल एआई र यूएचडी एआई रहेका छन् ।

यी सबै मोडेलहरूमा अत्याधुनिक एआई क्षमता, उत्कृष्ट तस्वीर गुणस्तर, विभिन्न आकार तथा मूल्यका विकल्प उपलब्ध रहेका छन्, जसले प्रत्येक नेपाली परिवारको आवश्यकतालाई पूरा गर्ने कम्पनीको विश्वास छ ।

एलजी नेपालका बजार तथा ब्रान्ड प्रमुख मुकेश कुमार बैठाले भने, “एलजी एआई टेलिभिजनको आगमनसँगै नेपालमा बुद्धिमान मनोरञ्जन प्रविधिको नयाँ युग सुरु भएको छ । यो प्रविधि प्रयोगकर्तालाई बुझ्ने मात्र होइन, उनीहरूसँगै विकास हुँदै दैनिक जीवनमा सार्थक परिवर्तन ल्याउने उद्देश्यले डिजाइन गरिएको हो ।”

उनले थपे, “हामी नेपालमा विश्वस्तरको नवप्रवर्तन प्रस्तुत गर्न पाउँदा उत्साहित छौँ र स्मार्ट तथा आपसमा जोडिएका आधुनिक जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राख्छौँ ।”

नयाँ एआई टेलिभिजन श्रृंखला अहिले देशभरका सबै अधिकृत एलजी प्रदर्शनी कक्ष तथा बिक्री साझेदारहरूमा उपलब्ध छ । इच्छुक उपभोक्ताहरूले नजिकैका शोरूममा गई प्रत्यक्ष रूपमा प्रदर्शन हेर्न र एआई सुविधाको अनुभव लिन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *