सलिको गल्फ टुर्नामेन्ट २०२५ आयोजना हुँदै
काठमाडौं, ११ मंसिर । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले विगतका वर्षहरूझैँ यस वर्ष पनि सलिको गल्फ टुर्नामेन्ट २०२५ आयोजना गर्ने भएको छ।
यही मंसिर १२ र १३ गते हुने प्रतियोगिता काठमाडौँको रोयल नेपाल गल्फ क्लब, एयरपोर्टमा हुनेछ। कम्पनीले खेलकुद प्रवर्द्धनसँगै बीमाप्रति सचेतना विस्तार गर्न यो आयोजना निरन्तर गर्दै आएको छ।
टुर्नामेन्टमा १७ विधाका खेलहरु हुनेछन्, जसमा विभिन्न उमेर वर्गका महिला तथा पुरुषबीच प्रतिस्पर्धा हुनेछ। कम्पनीका अनुसार गल्फ खेलप्रति रुचि बढाउने, प्रतिभालाई प्रस्फुटन गराउने तथा खेलको आनन्द सर्वसाधारणसम्म पुर्याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो। विश्वभर लोकप्रिय खेलमध्ये एक रहेको गल्फ नेपालमा अपेक्षित रूपमा विस्तार हुन नसकेको अवस्थामा, यस प्रकारका आयोजनाले खेल विकासमा योगदान गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताका १७ विधामध्ये विशेष आकर्षण हाेल इन वान रहनेछ, जसअन्तर्गत सिप्रदी ट्रेडिङले टाटा नेक्सन केथ्ी इभी पुरस्कारको व्यवस्था गरेको छ। अन्य विधामा पनि आकर्षक पुरस्कारहरु समावेश गरिएका छन्—सिम्रिक एयरले दुई जनालाई स्काइ–डाइभिङ, कैलाश हेलिकप्टरले एक जनालाई गोसाइँकुण्ड हेलिकप्टर यात्रा तथा अन्य उपहारहरू प्रदान गर्नेछ।



