Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

कञ्चन डेभलपमेण्ट बैंकद्वारा धनगढी उपमहानगरपालिकालाई खाद्यान्न सहयोग

कञ्चन डेभलपमेण्ट बैंकद्वारा धनगढी उपमहानगरपालिकालाई खाद्यान्न सहयोग

धनगढी, २७ चैत । बिहीवार कञ्चन डेभलपमेण्ट बैंक धनगढी शाखाले धनगढी उपमहानगरपालिकालाई खाद्यान्न सहयोग गरेको छ । विश्वव्यापी रूपमा फैलिएको महामारी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देशभर लक डाउन गरिएको समयलाई मध्यनजर गर्दै राहत स्वरूप बैंकले खाद्यान्न सहयोग गरेको हो ।
बैंकका धनगढी शाखाका प्रबन्धक गणेश कार्कीले धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टलाई चामल ४३ कट्टा, १० पेटी तेल, २ क्वीन्टल दाल, १ क्यीन्टल नून र १०० पिस साबुन हस्तान्तरण गरेका हुन् ।
कोरोना भाइरसको महामारीबाट विश्व नै त्रसित भइरहेको बेला राहतस्वरूप खाद्यान्न सहयोग हस्तान्तरण गरिएको बैंकका शाखाका प्रमुख कार्कीले बताए । नगरप्रमुख वडले कोरोना भाइरसको संक्रमण विरुद्धको अभियानमा बैंकले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै कोरोना भाइरस संक्रमण र रोकथामका लागि आआफ्नो क्षेत्रमा सचेत र सतर्क रही सो अभियानलाई सफल पार्न एवम् सक्दो सहयोग गर्न सबैलाई आह्वान समेत गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x