Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल लाइफको डिजिटल क्यालेन्डर सार्वजनिक

नेपाल लाइफको डिजिटल क्यालेन्डर सार्वजनिक

काठमाडौं, २७ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वि.सं. २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ । कम्पनीले सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो ।

डिजिटल क्यालेन्डरलाई कुनैपनि कम्प्युटर तथा मोवाइलबाट सहजै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यस प्राविधिक सेवाले सेवाग्राहीहरुलाई गोजी पात्रो भन्दा सरल र सजिलो हुने कम्पनीले विश्वास लिएको जनाएको छ । कम्प्युटर तथा मोवाइलका लागि छुट्टा छुट्टै लिंक रहेको छ । यस डिजिटल क्यालेन्डरलाई छिट्टै प्ले स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिने कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x