सन्राइज बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालयद्वारा पीपीई हस्तान्तरण
काठमाडौं, २७ चैत । सन्राइज बैंकको सुदूरपश्चिम प्रादेशिक शाखाले सेती प्रादेशिक हस्पिटललाई २५ थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गरेको छ । उक्त उपकरण बैंकका सुदूर पश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्र शाहीले हस्पिटलका सुपरीटेण्डेट डा. हेमराज पाण्डेलाई औपचारिक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् ।
बैंकले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले निभाएको भूमिका सराहनीय रहेकोले उनीहरुको सुरक्षाको लागि सुदूरपश्चिम प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्वअन्र्तगत उपकरणहरु दिएको जनाएको छ । हाल बैंकले विभिन्न अस्पतालमा ४ सय वटाभन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ भने अन्य प्रदेशहरुमा पनि उपलब्ध गराउने कार्यक्रम रहेको जनाएको छ ।