Date

मङ्ल, फाल्गुन ८, २०८०
Tue, February 20, 2024

महालक्ष्मी विकास बैंकद्वारा कोरोना भाइरस रोकथामका लागि ५० लाख सहयोग गर्ने

महालक्ष्मी विकास बैंकद्वारा कोरोना भाइरस रोकथामका लागि ५० लाख सहयोग गर्ने

काठमाडौं, २७ चैत । महालक्ष्मी विकास बैंक लिमिटेडले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रणका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बैकले संघीय सरकारले स्थापना गरेको कोषमा १२ लाख, प्रत्येक प्रदेश सरकारले स्थापना गरेको कोषमा ४ लाख रुपैयाँका दरले २८ लाख र विभिन्न स्थानीय क्षेत्रहरुमा १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

त्यस्तै असहज परिस्थितिमा उक्त सहयोगले कोरोना भाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचार गर्न मद्दत पुग्ने बैंकको विश्वास छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x