Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

नागरिक लगानी कोषले ब्याजमा छुट दिने

नागरिक लगानी कोषले ब्याजमा छुट दिने

काठमाडौं । नागरिक लगानी कोषमा कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीहरुले लिएको आवाश कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा तोकिएको समयमा व्याज भुक्तानी गर्ने सहभागीहरुलाई हाल छुट प्रदान गर्ने गरिएको ब्याज रकममा सो छुट समेत गरी २०७६ चैत देखि २०७७ असारसम्मको व्याज असार भित्र बुझाएमा सो अवधिमा पाकेको व्याज रकममा १० प्रतिशत छुट दिने भएको छ । कोषको संचालक समितिको बिहीबारको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस डिजिज (कोभिड–१९) को संक्रमणको अवस्थालाई मध्यनजर गर्दे सो निर्णय गरेको हो ।
त्यसैगरी कोषमा नियमित रुपमा रकम जम्मा गरी कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएको प्रमाणित भएमा निजको हकवालालाई क्षतिपूर्ति वापत २ लाख रुपैया प्रदान गर्ने पनि निर्णय भएको कोषले जनाएको छ । यस्तो बिषम परिस्थितीमा गरिएको निर्णयले सेवाग्रहीलाई सहयोग पुग्ने कोषका कार्यकारी निर्देशक रमण नेपालले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x