विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार नाघ्यो
काठमाडौं, ८ वैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वमा १ लाख ६५ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर १ लाख ६५ हजार ५९ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । हालसम्म विश्वभरी २४ लाख ६ हजार ९ सय १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये ६ लाख १७ हजार २३ जना यो संक्रमणबाट मुक्त भएका छन् भने १६ लाख २४ हजार ८ सय २८ जनामा यो संक्रमण अहिले सक्रिय छ ।
त्यस्तै सामान्य अवस्थामा १५ लाख ७० हजार ६ सय १० जना छन् । स्वास्थ्य अवस्था गम्भिर भएका ५४ हजार २ सय १८ जना छन् ।
कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी मृत्यु अमेरिकामा भएका छन् । अमेरिकामा यो भाइरसका कारण मृत्यु हुनेको संख्या ४० हजार ५ सय ५५ पुगेको छ । संक्रमित हुनेको संख्या ७ लाख ६३ हजार ८ सय ३६ रहेको छ । अमेरिकामा यो भाइरसबाट निको भएकाको संख्या ७१ हजार १२ रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २३ हजार ६ सय ६० पुगेको छ भने स्पेनमा पनि यो भाइरसका कारण मृत्यु हुनेको संंख्या २० हजार ४ सय ५३ पुगेको छ । इटालीमा यो भाइरसको संक्रमण हुनेको संख्या १ लाख ७८ हजार ९ सय ७२ छ । त्यसैगरी स्पेनमा पनि १ लाख ९८ हजार ६ सय ७४ जना कोरोना भाइरसबाट संक्रमित छन् ।