Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

वैदेशिक व्यापार ६.२ प्रतिशतले खुम्चियो

वैदेशिक व्यापार ६.२ प्रतिशतले खुम्चियो

काठमाडौं, ७ वैशाख । चालु आर्थिक वर्षको पहिलो ९ महिना (साउन–चैत) मा वैदेशिक व्यापार ६.१९ प्रतिशतले खुम्चिएको छ । यो अवधिमा आयातमा करिब साढे ७ प्रतिशतको गिरावट आए पनि निर्यात झण्डै १३ प्रतिशतले बढेको छ । व्यापारघाटा करिब ९ प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार, पहिलो ९ महिनाको अवधिमा ९ खर्ब ८२ अर्ब ५३ करोड रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्षको चैतसम्म १० खर्ब ६१ अर्ब ६१ करोड रुपैयाँकोको आयात भएको थियोत्यस्तै निर्यात ७८ अर्ब ८१ करोड ८६ लाख रुपैयाँको निर्यात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ६९ अर्ब ८२ करोड रुपैयाँ भन्दा १२.८८ प्रतिशतले बढेको हो ।
लकडाउनपछि औषधी र खाद्यान्नको आयात बढेको छ । खाद्यान्न आयात प्रमुख ५औं आयातमा पर्छ । नेपालले यो आर्थिक वर्षमा ४० अर्बभन्दा बढीको खाद्यान्न भित्र्याइसकेको छ । त्यस्तै, १ खर्ब ६१ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ, ८३ अर्ब ५६ करोडको फलाम र स्टील, ८३ अर्ब ३७ करोडको मिल मेसिनरी तथा विद्युतीय सामग्री र ५९ अर्बको सवारी साधन आयात भएको भन्सार विभागले जनाएको छ । कोरोना असर लम्बिएको र एलसी खोल्ने क्रम न्यून भएकाले वैशाखदेखिको व्यापारमा भने असर पर्ने अधिकारीहरुले बताएका छन् ।
त्यस्तै, भारतमा निकासी प्रतिबन्ध पछि माघदेखि पाम तेल निर्यात स्थिर देखिएको छ । नेपालले १६ अर्ब ७८ करोडको पाम तेल, ७ अर्ब ८२ करोडको सोयाबिन तेल, ५ अर्बको कार्पेट, २ अर्ब ४५ करोडको यार्न र झण्डै २ अर्बको जुस निकासी गरेको छ ।
साउन देखि चैतसम्मको अवधिमा भारतबाट ६ खर्ब २ अर्ब, चीनबाट १ खर्ब ५४ अर्ब, इण्डोनसियाबाट २६ अर्ब ३३ करोड, अमेरिकाबाट १७ अर्ब र संयुक्त अरब इमिरेट्सबाट १६ अर्ब ७५ करोडको आयात भएको छ । त्यस्तै निर्याततर्फ, भारतमा ५५ अर्ब ४२ करोड, अमेरिकामा ७ अर्ब ७१ करोड, जर्मनी २ अर्ब २७ करोड, टर्की १ अर्ब ८७ करोड र बेलायतमा १ अर्ब ७४ करोडको निर्यात भएको छ । पछिल्लो समय भारतबाट आयात र निर्यात दुवै बढेको छ । इण्डोनेसियाबाट पाम तेल आयात हुने गरेकाले ठूलो परिमाणमा आयात देखिन्छ । त्यस्तै, टर्कीमा यार्न (धागो) निर्यात हुने गरेको छ । अमेरिकाले नेपालमा १७ अर्बको निर्यात गरेर नेपालबाट झण्डै आठ अर्बको सामान आयात गरेको छ । सबैभन्दा ठूलो व्यापारको असन्तुलन चीनसँग देखिन्छ एक सय ५४ अर्ब रुपैयाँको वस्तु चीनबाट आयात भएको छ जबकी १ अर्ब ९ करोड रुपैयाँको निर्यात भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x