Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

पेट्रोलियम पदार्थ विक्री ८० प्रतिशत घट्यो, पाइपलाइनबाट डिजेल ल्याउन बन्द

पेट्रोलियम पदार्थ विक्री ८० प्रतिशत घट्यो, पाइपलाइनबाट डिजेल ल्याउन बन्द

काठमाडौं, ८ वैशाख । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको प्रभाव पेट्रोलियम पदार्थको विक्रीवितरणमा पनि परेको छ । लकडाउनका कारण सवारीसाधन नचल्दा पेट्रोल र डिजेलको विक्रीमा ८० प्रतिशत ह्रास आएको नेपाल आयल निगमले बताएको छ ।
निगमको अमलेखगञ्ज डिपोमा २ करोड लिटर डिजेल अर्थात् पूरा क्षमतामा मौज्दात छ भने १९ लाख लिटर क्षमताको पेट्रोल ट्यांकीमा १८ लाख लिटर पेट्रोल रहेको बताइएको छ । बन्दका कारण डिजेल तीनदेखि चार लाख लिटर तथा पेट्रोल दैनिक एक लाख लिटर मात्र विक्री भइरहेको डिपोका प्रमुख भरत रेग्मीले बताएका छन् ।
ट्यांकीको क्षमता जति नै डिजेल मोज्दात रहेकाले पाइपलाइनबाट डिजेल ल्याउने काम बन्द गरिएको छ । राजमार्गको पम्पमा डिजेल र पेट्रोल कमी हुन नदिन त्यस पम्पमा समेत प्राप्त मात्रामा डिजेल र पेट्रोल दिइएको बताइएको छ ।
यस्तै आयल निगम विराटनगर शाखाको डिपोमा पेट्रोल र डिजेलको मोज्दात पूर्णरूपमा रहेको डिपोले बताएको छ । कार्यालय प्रमुख अशोक साहका अनुसार डिपोमा डिजेल ८० लाख लिटर तथा पेट्रोल नौ लाख ६० लिटर मौज्दात रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x