Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

हस्तकलाको व्यापार ठप्प, लाखौंको रोजगारी जोखिममा

हस्तकलाको व्यापार ठप्प, लाखौंको रोजगारी जोखिममा

काठमाडौं, ९ वैशाख । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना प्रकोपको मार नेपालको हस्तकला व्यवसायले पनि खेप्नुपरेको छ । व्यवसायीका अनुसार हस्तकला आयात गर्ने मुख्य देशहरू अमेरिका, यूरोप अहिले कोरोनाको चपेटामा छन्, जसले गर्दा नयाँ अर्डर बन्द भएको र भइसकेको अर्डर समेत रद्द भएका छन् ।
हस्तकलाको प्रमुख बजार मानिएको यूरोप, अमेरिका, जापानलगायत मुलुकबाट अर्डर नै नआएपछि हस्तकला उद्योगहरू संकटमा परेको नेपाल हस्तकला व्यवसायी संघले बताएको छ । हस्तकलाका सामानको बजार गुमेपछि यस क्षेत्रमा आबद्ध प्रत्यक्ष र अप्रत्यक्ष गरी करीब ११ लाख जनाको रोजगारी जोखिममा परेको नेपाल हस्तकला व्यवसायी संघले बताएको छ ।
हस्तकला उद्योगले देशको कुल गार्हस्थ्य उत्पादनमा वार्षिक करीब १५ अर्ब बराबरको योगदान दिँदै आएको संघले बताएको छ । संघका अनुसार स्वदेश कच्चापदार्थको प्रयोग गरी उत्पादन गरिने हस्तकला आन्तरिक बजारमा ३० प्रतिशत र बाह्य बजारमा ७० प्रतिशत विक्री हुने गरेको छ ।
आन्तरिक बजारमा हस्तकलाको व्यापार ठप्प छ भने लकडाउनका कारण करीब १ महीनादेखि निर्यात पनि हुन सकेको छैन । यस्तोमा तलब, ज्याला, घरभाडा आदिमा खर्चको जोहो गर्न आफूहरूलाई समस्या भएको उद्योगीहरूको गुनासो छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x