Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अमेरिकी कच्चा तेलको मूल्य शून्यभन्दा तल

अमेरिकी कच्चा तेलको मूल्य शून्यभन्दा तल

काठमाडौं, ९ वैशाख । अमेरिकी कच्चा तेलको मूल्य पहिलोपटक शून्यभन्दा तल झरेको छ । महामारीका कारण मागमा गिरावट आएसँगै संसारभर थप भण्डारण क्षमता नहुँदा मूल्यमा भारि गिरावट आएको छ ।
उत्पादकहरुले नै क्रेतालाई तिर्नुपरिरहेको छ । अमेरिकी कच्चा तेलको मूल्य हिजो ऋणात्मक ४०.३२डलर प्रति ब्यारेल थियो । फछ्र्याैट मूल्य ऋणात्मक ३७.६३ डलर प्रति ब्यारेलरहेको छ । तेल बजारमा अनिश्चय कायमै छ । जबकी शुक्रबारसम्म १८.२७ डलर प्रति ब्यारेलमा कारोबार भैरहेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यो ठूलो चुनौती हो । उनी तेलको क्षेत्र संरक्षणमा लागि परेका थिए । उनले तेल निर्यातक राष्ट्रहरुको संगठन ओपेक र रुसलाई उत्पादन कटौती गरी केही मूल्य कायम राख्न सहयोग गरेका थिए ।
यो घटनापछि राष्ट्रपति ट्रम्पले संघीय सरकार नियन्त्रित तेल भण्डारण नीति अघि सारेका छन् । किनकी अब व्यवसायिक भण्डारण क्षेत्रमा थप भण्डारण गर्ने ठाउँ छैन । यद्यपि अमेरिकी कंग्रेसले भने संघीय सरकारले तेल खरिद गर्ने विषयलाई इन्कार गरेको छ । तर उर्जा मन्त्रालयले उत्पादकहरुले लिजिङ गर्न सक्ने क्षमतालाई प्राथमिकता दिएको छ । ‘हामी हाम्रो रणनीतिक पेट्रोलियम रिजर्भमा सञ्चय बढाउन गइरहेका छौं,’ ट्रम्पले भनेका छन्, ‘त्यी रिजर्भमा ७ करोड ५० लाख ब्यारेलसम्म सञ्चय गर्न किन्छ । भण्डारणलाई पूर्ण क्षमतामा उपयोग गर्न हामी थप खरिद गर्नेछौं ।’
(फाइनान्सियल टाइम्स)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x