Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

ट्राफिक प्रहरीलाई प्रभु बैंक लगायतको पिपिइ सहयोग

ट्राफिक प्रहरीलाई प्रभु बैंक लगायतको पिपिइ सहयोग

काठमाडौं, ९ वैशाख । महानगरीय ट्राफिक प्रहरी महाशाखालाई विभिन्न संस्थाबाट व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) सहयोग प्राप्त भएको छ । सोमवार प्रभु बैंक र रेमण्ड शपले १०० थान पिपिइ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई हस्तान्तरण गरेका छन् ।
कोभिड–१९ सङ्क्रमणको सम्भावित जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा अग्रपंक्तिमा रहेर सेवा र सुरक्षामा ट्राफिक प्रहरी सक्रिय रहेका बेला पिपिइ उपलब्ध गराएकामा ढकालले धन्यवाद दिए । उक्त पिपिइ लगाई ड्युटी गर्दा ट्राफिक प्रहरी सङ्क्रमण हुनबाट सुरक्षित हुने विश्वास उनले व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x