Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

विदेशमा १,९८३ नेपाली कोरोना संक्रमित, ४९ को निधन

विदेशमा १,९८३ नेपाली कोरोना संक्रमित, ४९ को निधन

काठमाडौं, १४ वैशाख । विश्वभर फैलिएको कोरोना भाइरस महामारी (कोभिड–१९) बाट शनिवार साँझसम्म मृत्यु हुनेको संख्या ४९ पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिकामा १०, युएईमा २, आयरल्याण्डमा १, जापानमा १, टर्किमा १ (आत्महत्या) र द नेदरल्याण्डस् १ जनाको ज्यान गएको हो ।
स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटालाई उद्धृत गर्दै गैर आवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले नेपाल बाहेक विश्वभर १ हजार ९ सय ८३ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । नेपालमा अहिलेसम्म ४९ जना संक्रमित पुष्टी भएको छ भने १२ जना कोरोना रोगलाई जितेर घर फर्किसकेका छन् । यस्तै विदेशमा कोरोना संक्रमण भएका प्रवासी नेपालीमध्ये ४ सय ३४ जना कोरोना मुक्त भएको सो समितिले जनाएको छ ।
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको आँकडा अनुसार २४ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।

संक्रमित हुनेमा देशहरुमा अमेरिका १ हजार, युके ७ सय, युएई ८१, बहराइन ४९, कुवेत ४२, पोर्चुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, स्वीजरल्याण्ड ५, बेल्जियम ६, साउदी अरब ४, जर्मनी ४, मलेशिया ३, क्यानाडा ३, न्युजरल्याण्ड ३, साईप्रस ३, जापान २, हङकंङ २, मल्टा २ र फ्रान्स १ संक्रमित रहेको समितिले जनाएको छ ।

समितिले विदेशस्थित बिभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसँस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको तथ्यांक संकलन गर्दै आएको छ । यसै बीच कोरोना भाइरसको महमारीबाट प्रभावित भएका नेपालीहरुको सहयोगार्थ लागि गैरआवासीय नेपाली संघले आफ्ना शाखाहरुलाई परिचालन गरेको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्माका अनुसार कोरोना महामारी पछि ४१ देशमा रहेका संघका शाखाहरु मार्फत ९ सय जना स्वयसेवक परिचालन गरेको छ । कोरोना संक्रमण पछि विश्वभर छरिएका करिब ३० हजार गैरआवासीय नेपालीहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राहत प्राप्त गरेको संघले जनाएको छ ।
डा शर्माका अनुसार ७० जना भन्दा गैर आवासीय नेपाली चिकित्सक समेतले समेत कोरोना संक्रमित भएका देशमा गैरआवासीय नेपालीहरुलाई सघाई रहेका छन् । यसअघि चीनबाट कोरोना भाइरस संक्रमण शुरु भए लगत्तै संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोभिड–१९ उच्चस्तरीय समिति गठन गरि काम अघि बढाएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x