Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

वैशाख २५ सम्म देशव्यापी लकडाउन थप्ने निर्णय

वैशाख २५ सम्म देशव्यापी लकडाउन थप्ने निर्णय

काठमाडौं, १४ वैशाख । मन्त्रिपरिषद्ले जारी लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको अध्यक्षताको कोरोना रोकथाम उच्च स्तरीय समितिको सिफारिश अनुसार थप १० दिन देशव्यापी लकडाउन थप्ने निर्णय गरेको हो । त्यस्तै भारत र चीन तर्फका नाका मानिसहरुको आवतजावतका लागि वैशाख ३१ गतेसम्म बन्द रहने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

चैत ११ देखि शुरु भएको लकडाउन विभिन्न चरणमा थप्दै वैशाख २५ पु-याइएको छ । छिमेकी भारतमा पनि वैशाख २१ (मे ३) सम्म लकडाउन गरिएको छ । भारतमा संक्रमणको दर अझै नियन्त्रण भैनसकेकाले आवतजावतको गहन सघनता रहेको नेपालले पनि सतर्कता अपनाएको सरकारका एक मन्त्रीले बताए । उच्चस्तरीय समितिले शनिबार नै अन्तर्राष्ट्रिय र आन्तरिक उडान जेठ २ गतेसम्म बन्द गरिसको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x