Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कोरिया रोजगारी खुलाउने सरकारको निर्णय

कोरिया रोजगारी खुलाउने सरकारको निर्णय

काठमाडौं, १५ वैशाख । मन्त्रिपरिषद्को आइतबारको बैठकले दक्षिण कोरियामा कामदार पठाउन सम्बन्धमा लगाएको बन्देज हटाएको छ । दक्षिण कोरियामा कोरोना संक्रमण देखिएपछि फागुनको दोस्रो साता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले तत्कालका लागि दक्षिण कोरियामा रोजगारीमा जान बन्द गराएका थिए । अहिले खाडी तथा मलेसियामा समेत कोरोना संक्रमणको समस्या लम्बिएपछि सरकारलाई वैकल्पिक रोजगारी गन्तव्य खोज्ने र स्वदेशमै रोजगारी खोज्नुपर्ने दबाब छ ।

दक्षिण कोरियाले सन् २०२० मा १०,०५० नेपाली कामदार लैजाने जनाएको थियो । यो मध्ये नेपालबाट कोरिया जानेहरुको यसअघिको संख्यामा वृद्धि हुने बताइएको थियो । कोरोना संक्रमणले अन्य उद्यम व्यवसायलाई असर परेको भएपनि नेपालीहरु सहभागी हुने कृषि, पशुपालन लगायतका क्षेत्रमा अझै माग बढ्ने बताइन्छ ।

दक्षिण कोरियाले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिइसकेको छ । कोरिया भाषा उत्तीर्ण गरेका झण्डै २०० युवा कोरियामा रोजगारीका लागि अनुमति लिएर प्रतिक्षारत रहेका छन् । भाषा परिक्षा पास गर्ने अन्यको पनि अनुमतिका आधारमा, त्यहाँको रोजगारीको आवश्यकता अनुसार कोरिया सरकारले दिने अनुमतिमा रोजगारीका लागि कोरिया जान पाउने व्यवस्था छ । भाषा परिक्षा पास गरेको दुई वर्षसम्म कोरिया जान पाउँछन् ।

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा परिक्षा लिएर सरकारी संयन्त्रबाटै कामदार लैजाने गरेको छ । अहिलेसम्म ५० हजारले दक्षिण कोरियामा रोजगारीको अवसर प्राप्त गरिसकेका छन् । दक्षिण कोरियामा एक पटकको अनुमतिमा ५८ महिना काम गर्न पाइन्छ । कोरियाली सरकारले आधारभूत मासिक तलब १,०७५ अमेरिकी डलर तोकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x