Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

कलेज अफ मेडिकल साइन्सद्वारा जिल्ला प्रहरी कार्यालयलाई कोरोना सुरक्षा सामाग्री प्रदान

कलेज अफ मेडिकल साइन्सद्वारा जिल्ला प्रहरी कार्यालयलाई कोरोना सुरक्षा सामाग्री प्रदान

चितवन, १९ वैशाख । चितवन स्थित कलेज अफ मेडिकल साइन्सले जिल्ला प्रहरी कार्यालयलाई कोरोना सुरक्षा सामाग्री प्रदान गरेको छ । आज मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डाक्टर शुभप्रभात श्रेष्ठ र वरिष्ठ प्रबन्धक दुर्गा न्यौपानेले प्रहरी प्रमुख नान्तीराज गुरुङ्गलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।

कोरोना भाइरसको जोखिममा सुरक्षाकर्मी पनि उत्तिकै जोखिममा रहेकाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाग्री प्रदान गरिएको वरिष्ठ प्रबन्धक न्यौपानेले बताए । उनका अनुसार प्रहरीलाई ४ हजार ४ सय थान ग्लोब्स, दुईसय थान सर्जिकल मास्क, प्रदान गरिएको हो । आगामी दिनमा पनि मेडिकल कलेजले आबश्यकता अनुसार स्वास्थ्य सामाग्री उपलब्ध गराइने उनले बताए । यस्तै महालक्ष्मी विकास बैंकले पनि ३० पिस सेनिटाइजर र ३ सय थान कपडाको मास्क प्रदान गरेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x