Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा कोरोना कोषमा रू. २१ लाख सहयोग

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा कोरोना कोषमा रू. २१ लाख सहयोग

काठमाडौं, १९ वैशाख । नेपाल वनस्पति घ्यू तेल उतपादक संघले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा रू. २१ लाख सहयोग प्रदान गरेको छ । संघले कोरोनाले उत्पन्न संकट निवारणमा सरकारलाई साथ दिन उक्त रकम सहयोग गरेको हो ।
आइतवार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उद्योग सचिव चन्द्र कुमार घिमिरे र वाणिज्य तथा आपूर्ति सचिव डा. वैकुण्ठ अर्याल समेतको उपस्थितिमा शुक्रवार संघका अध्यक्ष सन्दिप कुमार अग्रवाल, नि. अध्यक्ष विकास दुगड, सदस्यहरू श्री कमल कुमार वेगानी, श्याम कुमार लोहिया र आनन्द बगरिया समेतको प्रतिनिधि मण्डलले राहतस्वरुप उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । विश्वव्यापी महामारीको रुपमा देखिएको कोराना भाइरस रोकथाम, नियन्त्रण तथा राहत वितरणमा संघले सामाजिक उत्तरदायित्वको भावनाले सहयोग गरेको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x