शेयर कारोबार आगामी मंगलबारदेखि हुने, अनलाइन कारोबारमा जोड
काठमाडौं, २६ वैशाख । शेयर कारोबार आगामी मंगलबारदेखि हुने भएको छ । कोरोना र लकडाउनको त्रासका कारण बन्द गरिएको शेयर बजार ५१ दिनपछि खुला गर्न लागिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रवक्ता मुराहरी पराजुलीका अनुसार बजार विहान ११ बजे देखि १ बजे सम्म खुला रहने छ । सो समयमा अनलाइन कारोबारलाई नेप्सेले जोड दिएको छ । हाल अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या २२ हजार रहेको छ ।
सम्भावित चलखेललाई मध्येनजर गर्दै २ प्रतिशतमा सर्किट ब्रेकको ब्यवस्था गरिएको छ ।