Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सर्वसाधारणलाई डिजिटल कारोबार गर्न जानकारहरुको सुझाव

सर्वसाधारणलाई डिजिटल कारोबार गर्न जानकारहरुको सुझाव

काठमाडौं, ५ जेठ । नेपालमा पछिल्लो समय अनलाइन तथा डिजिटल प्रविधि मार्फत कारोबार गर्नेहरूको संख्या बढिरहेको छ । कोरोना संकटसँगै सरकारले गरिरहेको लकडाउनको कारण प्रयोगकर्ताहरू झन बढिरहेका छन् ।

पूर्व बैंकर अनलराज भट्टर्राले अब बैंकिङ प्रणाली ओपन बैंकिङ सिस्टममा जानुपर्ने बताए । उनले भने, ‘अहिले क्लिक अवेको समय हो, यसकारण राष्ट्र बैंकले कानूनी प्रावधानलाई समेत परिमार्जन गर्दै डिजिटल फर्मल सिस्टमको विकास गरिनुपर्दछ ।’ कार्यक्रममा नेपाल बैंक लिमिटेडका पूर्व सिओओ तथा आइटी प्रमुख सुरेश कर्णले अब नेपाल सरकार र राष्ट्र बैंकले इन्नोभेसन र प्रविधिमा लगानी बढाउँदै यसको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए । कर्णले भने, ‘हामी विश्वमा आइरहेको प्रविधिलाई अवलोकन गर्दै एड्भान्स तथा सुरक्षित प्रविधिको प्रयोगतर्फ अघि बढ्नुपर्दछ ।’

त्यस्तै, एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले प्रविधिको प्रयोगमा हामी अझै संकुचित भएको भन्दै राष्ट्र बैंक अभिभावक जस्तो भएर आवश्यकता र प्रविधिको समायोजनमा जोड दिनुपर्ने बताए । डिजिटल पेमेन्टको इकोसिस्टम र पूर्वाधार विकासमा धेरै काम गर्नुपर्ने बताउँदै ढकालले सबै सेवा प्रदायकलाई ‘इक्वल ट्रिट’ गर्नुपर्ने सुझाव दिए ।

आइएमई ग्रुपका कार्यकारी निर्देशक हेमराज ढकालले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्न अनिवार्यता (कम्पल्सन) लागु गर्नुपर्ने बताए । राष्ट्र बैंकलाई सुझाव दिँदै ढकालले भने ‘सर्भिस डेलिभरी मेकानिजम छरितो बनाउँदै एउटै इकोसिस्टममा चल्ने वातावरण बनाउनुपर्दछ ।’ यसैगरी राष्ट्रिय वाणिज्य बैंकका डिपुटी सिइओ कविराज अधिकारीले सरकारले नीति तथा कार्यक्रममा ल्याएको योजना क्रान्तिकारी भएको भन्दै यसको लागि योजनाबद्ध काम गरिनुपर्नेमा जोड दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x