मुलुकको शोधनान्तर ३६ अर्ब ६१ करोड बचतमा
काठमाडौं, ५ जेठ । चालु आर्थिक वर्षको नौ महिनामा मुलुकको शोधनान्तर स्थिती ३६ अर्ब ६१ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोड रुपैयाँले घाटामा थियो ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थित स्थिती सम्बन्धि प्रतिवेदन अनुसार अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको नौ महिनासम्ममा ५६ करोड ८५ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ३२ करोड १० लाखले बचतमा छ । शोधनान्तर भन्नाले मुलुक भित्रिने र मुलुकबाट बाहिरिने रकमको अन्तर हो । पछिल्लो समय बस्तु व्यापारमा सुधार बढ्दै गएपछि शोधनान्तर बचत भएको हो ।
चालु वर्षको नौ महिनामा ९८२ अर्ब ५३ करोड रुपैयाँको बस्तु आयात भएको छ भने निर्यात ७८ अर्ब ८२ करोड रुपैयाँको भएको छ। त्यस्तै सो अवधिमा रेमिट्यान्स आय ६२६ अर्ब ९० करोड कायम भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.९ प्रतिशतले बढेको हो ।