Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

लकडाउनले २ कम्पनीको आईपीओ निष्कासन रोकियो

लकडाउनले २ कम्पनीको आईपीओ निष्कासन रोकियो

काठमाडौंं, १२ जेठ । सरकारले जारी गरेको लकडाउनका कारण २ कम्पनीको साधारण शेयर (आईपीओ) निष्कासन रोकिएको छ । गत चैत ११ गतेबाट मुलुकमा लकडाउन भएपछि लिबर्टी इनर्जी कम्पनी र युनाइटेड आईडीआई मार्दी एण्ड आरबी हाइड्रोपावरको आईपीओ निष्कासन अनिश्चितकालका लागि रोकिएको हो । लिबर्टीले गत फागुन २६ गते देखि १५ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । त्यस्तै युनाइटेड आईडीआईले चैत १० गतेबाट ४ लाख २० हजार आईपीओ निष्कासन गर्ने मिति तय गरेको थियो ।

तर, लिबर्टीले छिटोमा चैत ११ गते ढिलोमा चैत २६ गते आईपीओ निष्कासन बन्द गर्ने मिति तय गरेको भए पनि लकडाउन लम्बिँदै गएपछि ढिलाइ भएको छ । लिबर्टीले आईपीओ जारी गर्न इक्रा नेपालद्वारा ‘इक्राएनपी आईपीओ ग्रेड ४’ रेटिङ प्राप्त गरेको छ । यो कम्पनीको विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तैगरी युनाइटेड आईडीआईले छिटोमा चैत २४ गते र ढिलोमा वैशाख ९ गते आईपीओ निष्कासन बन्द गर्ने मिति तय गरेको थियो । यस कम्पनीले जारी गर्न लागेको आईपीओलाई इक्रा नेपालले ‘केयर एनपी आईपीओ ग्रेड ४’ रेटिङ दिएको छ । विक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x