Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

६ जना कोरोना संक्रमित थपिए, अब २० वटा प्रयोगशालाबाट परिक्षण हुने

६ जना कोरोना संक्रमित थपिए, अब २० वटा प्रयोगशालाबाट परिक्षण हुने

काठमाडौं, १२ जेठ । सरकारले काठमाडौंको महाराजगञ्जस्थित टिचिङ्ग अस्पतालमा थप एक कोरोना परिक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले परिक्षणको दायरा बढाउँनका लागि उक्त प्रयोगशाला सञ्चालनमा ल्याएको हो । योसँगै मुलुकमा कोरोना परिक्षण प्रयोगशालाको संख्या २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

त्यस्तै आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेति अस्पतालको प्रयोगशाला, भेरी अस्पतालको पयोगशाला र नारायणी अस्पतालको प्रयोशालामा गरिएको परिक्षणमा थप ६ जना कोरोना संक्रमित फेला परेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ । जसमध्ये आज २५ जना निको भएर घर फर्केसँगै निको हुनेको संख्या ११२ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा परिक्षण
पछिल्लो विवरणअनुसार हालसम्म पीसीआर विधिबाट ५१ हजार ६४२ र आरडीटी विधिबाट ९५ हजार १९२ वटा परिक्षण गरिएको छ । गत २४ घण्टामा आरडीटी विधिबाट ५ हजार १६६ वटा र पीसीआर विधिबाट २ हजार ९०४ वटा परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका आनुसार प्रदेश नं. १ मा १० हजार ८२२ वटा आरडीटी परिक्षण गरिएको छ । त्यस्तै प्रदेश नं. २ मा ६ हजार ४६८ वटा, बागमति प्रदेशमा २३ हजार ३१३ वटा, गण्डकी प्रदेशमा ७ हजार ७०१ वटा, प्रदेश नं. ५ मा १६ हजार २१५ वटा, कर्णाली प्रदेशमा १० हजार ५८ वटा र सुदूरपश्चिम प्रदेशमा २० हजार ६१० वटा परिक्षण गरिएको छ ।

हाल कुन प्रदेशमा कति संक्रमित र निको ?
स्वास्थ्य मन्त्रालका अनुसार प्रदेश नं. १ मा हाल ६० जना कोरोना संक्रमित आईसोलेसनमा छन् भने २६ जना निको भएर घर फर्किका छन् । प्रदेश नं. २ मा आईसोलेसनमा हुनेको संख्या २०१ निको भएर घर फर्कनेको संख्या ३३, बागमति प्रदेशमा आईसोलेसनमा हुनेको संख्या २६ निको भएर घर फर्कनेको संख्या ११ र गण्डकी प्रदेशमा आईसोलेसनमा हुनेको संख्या ३० निको भएर घर फर्कनेको संख्या २ रहेको प्रवक्ता देवकोटाले बताए । त्यसैगरी प्रदेश नं. ५ मा आईसोलेसनमा २५६ जना छन् भने ३४ जना निको भएर घर फर्किएका छन् भने कर्णाली प्रदेशमा ११ जना आईसोलेसनमा छन् । साथै सुदूर पश्चििम प्रदेशमा आईसोलेसनमा १० जना छन् भने ५ जना निको भएर घर फर्किएका छन् । हालसम्म आईसोलेसनमा ६०२ जना पुरुष छन् भने महिला ८० जना मात्र छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x