Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

माछापुच्छ्रे बैंकको अनलाइन बैकिङ सेवा अपग्रेड

माछापुच्छ्रे बैंकको अनलाइन बैकिङ सेवा अपग्रेड

काठमाडौं, १२ जेठ । माछापुच्छ्रे बैंकले अनलाइन बैकिङ सेवालाई अपग्रेड गरेको छ। बैंकले अनलाइन बैकिङ सेवालाई अपग्रेड गरेसँगै व्यवसायिक तथा व्यक्तिगत दुवै ग्राहकले घर वा कार्यालयमा बसेर अधिकतम बैंकिङ सेवा सरल रूपमा पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैंकका अनुसार अन्तर बैंक रकमान्तर, कनेक्ट आइपिएस र स्टेटमेन्ट हेर्न पाउने सुविधा छ।

यो सेवामार्फत व्यवसायिक तथा कर्पोरेट हाउसले तलबको व्यवस्थापन गर्न पनि पाउनेछन्। अन्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेको खातामा रकमान्तर, क्रेडिट कार्डको बिल पेमेन्ट, वालेटका माध्यमबाट पैसा लोड र मोबाइल टपअप गर्न मिल्ने बैंकले जनाएको छ । बैंकका अनुसार अब बारम्बार तिर्नुपर्ने रकमलाई सेड्युल गरेर तिर्न सकिनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x