Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पानीट्यांकी भन्सारले चिया निकासीमा अवरोध गरेपछि जोगवनीबाट पठाउन पहल

पानीट्यांकी भन्सारले चिया निकासीमा अवरोध गरेपछि जोगवनीबाट पठाउन पहल

काठमाडौं, १३ जेठ । भारतको पश्चिम बंगाल सरकारले नेपालबाट निकासी भइरहेको चिया निकासीमा अवरोध गरेपछि राष्ट्रिय चिया तथा कफी विकास बोर्डको अनुरोधमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसमा आवश्यक सहजीकरणका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । वैशाख अन्तिम सातादेखि काकडभिट्टा नाका हुँदै भारतमा चिया निर्यात रोकिएको थियो ।
भारतले नेपालमा अधिक चिया उत्पादन हुने सिजनमा चिया निकासीमा बेलाबखतमा अवरोध गर्दै आएको छ । नेपालले चियाको अक्सन हाउस निर्माण गरेर अन्तर्राष्ट्रिय खरिदकर्ताहरुसँग बोलकबोलमा चिया बिक्री गर्ने भनेर दशकौं देखि पहल थालेको भए पनि अक्सन हाउसले काम गर्न सकेको छैन । जसका कारण नेपालमा उत्पादित चिया भारतीय बजारमा बेच्नुपर्ने बाध्यता छ ।
भारतीय उत्पादकले भारतले दार्जिलिङको चिया भारतमा उपभोग गर्नुपर्नेभन्दै नेपाली चियालाई अवरोध गरेको बुझिएको छ । चिया निर्यातमा तीन सातादेखि अवरोध भइरहेको भएपनि के कारणले रोकिएको हो भन्ने सम्बन्धमा भारतीय भन्सार तथा क्वारेन्टाइनका अधिकारीहरुले स्पष्ट जवाफ दिएका छैनन् । काकडभिट्टाबाट निकासी गर्न पानीट्यांकीमा अवरोध भएपछि नेपाली निर्यातकर्ताले जोगवनीबाट निर्यात गर्ने गरी पहल गरिदिन सरकारसँग आग्रह गरिरहेका छन् ।
भारतले लकडाउनका कारण उद्योगधन्दा बन्द रहेको र उपभोगमा कमी आएकाले पश्चिम बंगलाल सरकारले अवरोध गरेको हुनसक्ने अनौपचारिक प्रतिक्रिया दिएको छ । यद्यपि यसमा सत्यता भने देखिदैंन । नेपालले वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढीको चिया निकासी गर्दै आएको छ । ३० भन्दा बढी मुलुकमा चिया निकासी हुने गरेको भएपनि भारत नेपाली चियाको प्रमुख बजार हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x