Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

आगामी बर्षको बजेट आज, स्वास्थ्य, कृषि र रोजगारी सृजना प्राथमिकतामा

आगामी बर्षको बजेट आज, स्वास्थ्य, कृषि र रोजगारी सृजना प्राथमिकतामा

काठमाडौं, १५ जेठ । आज अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७–०७८ को बजेट संसदमा प्रस्तुत गर्दैछन् । दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकमा खतिवडाले आगामी आर्थिक वर्षको बजेट पेश गर्ने छन् ।

खतिवडाको यो तेस्रो बजेट हो । खतिवडाले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ५० अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्ने स्रोतले जनाएको छ। कोभिड–१९ को महामारीबीच आउन लागेको अर्थमन्त्री खतिवडाको तेश्रो बजेटले संकटबाट अर्थतन्त्रलाई पार लगाउन स्पष्ट मार्गदर्शन गरेको छ । अर्थमन्त्रीले आगामी आर्थिक वर्षमा सम्पन्न हुन सक्ने र प्रतिफल सुनिश्चित भएका आयोजनामा मात्र बजेट विनियोजन गरेका छन् ।

सरकारको पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रमा छ । स्वास्थ्यपछि सरकारले रोजगारी सृजना र आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिएको छ।

(र यो पनि पढ्नुस् )

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x