Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अन्तर्राष्ट्रिय बजारमा नेपाली अर्थोडक्स चियाको ‘ट्रेडमार्क’ दर्ता गरिदैं

अन्तर्राष्ट्रिय बजारमा नेपाली अर्थोडक्स चियाको ‘ट्रेडमार्क’ दर्ता गरिदैं

काठमाडौं, २१ माघ । नेपालमा चिया खेती शुरु भएको डेढ सय वर्षपछि अन्तर्राष्ट्रिय बजारमा पहिलो पटक नेपाली अर्थोडक्स चियाको ‘ट्रेडमार्क’ दर्ता गरिन लागेको छ । नेपाल चिया तथा कफी विकास बोर्डले युरोपेली संघ तथा अमेरिका, क्यानडा, चीन, भारत, जापान, रुस र अष्ट्रेलियामा ट्रेडमार्क दर्ता गर्नका लागि पहल शुरु गरेको हो ।
कृषि मन्त्री अध्यक्ष रहेको बोर्डको सञ्चालन समितिले ‘नेपाली अर्थोडक्स चिया प्रमाणीकरण ‘ट्रेडमार्क’ कार्यान्वयन निर्देशिका, २०७४’ हालै अनुमोदन गरेपछि अन्तर्राष्ट्रिय बजारमा ‘ट्रेडमार्क’ दर्ताका लागि बाटो खुलेको हो । बोर्डले यसलगत्तै उल्लेखित मुलुकहरुमा ‘ट्रेडमार्क’ दर्ताका लागि इच्छुक परामर्शदाता तथा कम्पनीहरुसँग आशयपत्र मागेको छ । अन्तर्राष्ट्रिय स्तरमा यस क्षेत्रमा काम गरेका फर्मलाई उक्त आशयपत्र पेश गर्न आह्वान गरिएको कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिए ।
कार्यविधिले ‘ट्रेडमार्क’ मा चिया उत्पादक संगठनहरुको अधिकारका सम्बन्धमा व्याख्या गरेको छ । नेपालमा अर्थोडक्स, सीटीसी दुई प्रकारको चिया उत्पादन हुन्छ । अर्थोडक्स चिया इलाम, धनकुटा, पाँचथर, तेह्रथुम लगायतका जिल्लामा उत्पादन हुन्छ ।
अहिले नेपालबाट भारतमा हरियोपत्ता नै निर्यात हुने नेपाली चिया, दार्जीलिङ चियाको नाममा अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण भैरहेको छ । ‘ट्रेडमार्क’ दर्तापछि अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको आफ्नै पहिचान हुनेछ भने किसानले बढी आयआर्जन गर्न सक्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x