Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

राष्ट्रिय वाणिज्य बैंकको विशेष साधारण सभा सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको विशेष साधारण सभा सम्पन्न

काठमाडौं, २१ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । विशेष साधारण सभाले राष्ट्रिय वाणिज्य बैंक  र एन.आई.डी.सी. डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने प्रयोजनको निमित्त १ बराबर १ शेयर आदान प्रदान अनुपात तथा अन्तिम सम्झौतालाई अनुमोदन गरेको छ ।

बैंक संचालक समितिका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डेले मर्जर पश्चात राष्ट्रिय वाणिज्य बैंक अझ बलियो र ठूलो बैंक बन्ने बताएका छन् । बैंकको हाल ६९ जिल्लामा १८० वटा शाखा कार्यालय, १३० वटा एटिएम, ९२ वटा शाखा रहित बैंकिङ्ग र ६८ वटा शाखाहरुबाट सरकारी कारोबार हुंदै आइरहेको छ ।

बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैयमाससम्ममा १ खर्व ४९ अर्व निक्षेप संकलन गरी १ खर्व १० अर्व कर्जा लगानी गरि १ अर्व ७८ करोड खुद मुनाफा कमाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x