एभरेष्ट इन्स्योरेन्सले परिमार्जन गरि हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं, २१ माघ । एभरेष्ट इन्स्योरेन्सले ५१ प्रतिशत संस्थापक शेयर कायम गरेर मात्रै हकप्रद शेयर निष्कासनको प्रक्रिया अगाडि बढाउने भएको छ । कम्पनीको गत माघ १८ गतेको बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

इन्स्योरेन्सले बीमा समितिले दिएको निर्देशन अनुसार ५१ प्रतिशत संस्थापक शेयर कायम गरेर मात्र हकप्रद शेयर जारी गर्ने बताएको छ ।

कम्पनीले ५१ प्रतिशत संस्थापक शेयर कायम गरेर गत बर्षको बार्षिक साधारणसभाले पारित गरेको १ बराबर ६ कित्ता अर्थात ६ सय प्रतिशत हकप्रद परिमार्जन गरी बीमा समितिले तोकको चुक्ता पूँजी पुग्नेगरी आवश्यक हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीले यी प्रस्तावहरु आगामी साधारणसभा लग्ने नेप्सेलाई जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *