सहरको सुन्दरताका लागि धेरै फ्लाई ओभर आवश्यक छः मन्त्री नेम्बाङ
काठमाडौं, २६ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङले बढ्दो गाडी खपत गर्न र सहरको सुन्दरता झलकाउँन धेरै फ्लाई ओभर आवश्यक रहेको बताएका छन् । प्रतिनिधि सभामा मन्त्रालयगत उठेका सवालको सोमबार जवाफ दिँदै मन्त्री नेम्बाङले संघीय राजधानीलाई सुन्दर बनाउँन यस्ता फलाई ओभर आवश्यक रहेको बताएका हुन् । कतिपय सांसदले फ्लाई ओभरको बजेट प्रदेशलाई पढाउँदा उपयुक्त हुने धारण राखेका थिए । त्यसको जवाफमा मन्त्री नेम्बाङले संघीय राजधानीलाई व्यवस्थित गर्न सरकारले यसलाई महत्वका साथ प्राथमिकतामा राखेको बताए । “कतिपय साथिहरुले फ्लाई ओभरको बजेट प्रदेशलाई दिनु पर्ने धारणा राख्नु भयो ।” उनले भने “तर, यो हैन् संसार भरिका राजधानी अत्यान्तै व्यवस्तिथ र सुन्दर हुन्छन् । हामो राजधानी अत्यान्तै सांस्कृतिक र कलाले भरिपूर्ण छ । बाटाहरु साना छन् ।”
त्यस्तै बढ्दो ट्रफिक जाम र धुवाँ धुलो नियन्त्रण गर्नलाई पनि यस्ता फ्लाई ओभर आवश्यक रहेको उनको भनाई छ । सडक मर्मत सम्भार र बढ्दो गाडी खपत नियन्त्रण गर्न आवश्यक भएकाले पनि यस्ता फ्लाई ओभर धेरै आवश्यक रहेको उनले बताए । “यहाँहरुले भने जस्तै धुँवाधुलो बढ्दो छ । मर्मत सम्भारको आवश्यकता छ । ट्रफिक जामलाई नियन्त्रण गर्नु छ । धेरै बढ्दो सार्वजनिक यातायतलाई खपत गर्नको लागि यस्ता फ्लाई ओभरहरु काठमाडौंमा एउटा दुईटा हैन धेरै आवश्यक छ ।” उनले भने “संघीय राजधानीलाई सुन्दर बनाउँनका लागि एउटा मात्र उपाय भनेको फ्लाई ओभर न्युनिकरण हो । फ्लाई ओभर चाहिन्छ भने काठमाडौं उपत्यकामा चाहिन्छ ।” यसै कुरालाई महसुस गरेर बजेटमा फ्लाई ओभर समेटिएको उनले बताए ।
आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा काठमाडौंको तिनकुने-कोटेश्वर-जडीबुटी खण्डमा संभाव्यता अध्ययन पुरा गरी फ्लाई ओभर निर्माण कार्य शुरु गर्न बजेट व्यवस्था गरिएको छ ।