Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

जोखिममा रहेका समुदायका जनजीविका पुनरुत्थान

जोखिममा रहेका समुदायका जनजीविका पुनरुत्थान

काठमाडौं, ३२ जेठ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपीले) कोभिड–१९ महामारीका कारण जोखिममा परेकाहरुको जनजीविका पुनरुत्थानको पहल अघि बढाएको छ । यस अन्तर्गत पहिलो चरणको कार्यक्रम, स्थानीय सरकारसँगको साझेदारीमा अघि बढाइनेछ जसमा २००० भन्दा बढी महिला र पुरुष, खासगरी विपन्न (गरिब), जोखिममा रहेका र अति प्रभावित दैनिक ज्यालादारी गर्नेहरुका लागि तथा वैदेशिक रोजगारबाट फर्केकाहरुका लागि अल्पकालीन रोजगारीका कार्यक्रमहरु सञ्चालन गरिनेछ । यस्ता राजगारीका कार्यक्रमह समुदायमा आधारित साना मझौला व्यवसाय, पर्यटन पूर्वाधार लगायत छन् । यी कार्यक्रम सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका अतिप्रभावित ११ जिल्लामा सञ्चालन गरिनेछ ।

दैनिक ज्यालादारीबाहेक, कामदारहरुलाई सीप विकास तालिमको अवसर तथा प्राविधिक सहयोग प्रदान गरी ६०० ओटा लघु उद्यम स्थापनाका लागि सहयोग गर्ने कार्यक्रम छ । यसबाट दीर्घकालीन जनजीविका सञ्चालनको अवसर प्राप्त हुनेछ । गण्डकीमा, कामदारहरु पदमार्ग (ट्रेकिङ ट्रेल) को सरसफाइ र रुखविरुवा रोप्न सामेल हुनेछन् ।
यो कार्यक्रमले पुनस्थापना, निर्माण, सामुदायिक पूर्वाधर सुधार, सिंचाइ नहर तथा कुलो, खानेपानी आयोवना तथा ग्रामीण सडक लक्षित गरी अल्पकालीन रोजगारीका अवसरहरु प्रदान गर्नेछ । अहिले तत्काल यस्ता २३ ओटा स्कीम अघि सारिएको छ । यी परियोजनाहरु समुदायका उपभोक्ता समूहबाट कार्यान्वयनमा आउनेछ । यी स्कीमहरुले अत्यन्त प्रभावित १२०० व्यक्तिहरुलाई अल्पकालका लागि रोजगारी प्रदान गर्नेछ ।

यी गतिविधिहरु यूएनडीपीको सामाजिक आर्थिक पुनरुत्थान प्रतिकार्यकै अङ्ग हुने । यी कार्यक्रमरु यूएनडीपीको १५ लाख अमेरिकी डलर आफ्नै स्रोत बाट कार्यान्वयन गरिन लागेको यूएनडीपीले जनाएको छ । सरकारको आग्रह अनुसार, यूएनडीपीले यसअघि घोषणा गरिएका कार्यक्रमहरुलाई पुर्नप्राथमिकीकरण गरी साझेदार कार्यान्वयन निकायहरुसँगको परामर्शका आधारमा पुनप्राथमिकीकरण गरेको हो । स्थानीय पालिकाहरुले पनि यी कार्यक्रममा सहलगानी गर्ने अपेक्षा रहेको यूएनडीपीले उल्लेख गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x