Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

तेस्रो मुलुकबाट नेपाली फर्कने क्रम जारी, आज बङ्गलादेशबाट ल्याइँदै

तेस्रो मुलुकबाट नेपाली फर्कने क्रम जारी, आज बङ्गलादेशबाट ल्याइँदै

काठमाडौं, ३२ जेठ । कोरोना महामारीका कारण तेस्रो मुलुकबाट नेपालीहरू आउने क्रम बढेको छ । यसअघि यूएई, कुवेत लगायत देशले चार्टर्ड उडान गरी नेपाल (आममाफी पाएकाहरू समेत) यहाँसम्म ल्याएकोमा आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदै छ । विभिन्न मुलुकबाट स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सका विमानबाट ल्याउन लागिएको हो ।
नेपाल एयरलाइन्सले आज बंगलादेशको ढाकाबाट नेपाली नागरिक ल्याउने कार्यतालिका रहेको राससमा उल्लेख छ । नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान १०ः३० बजे ढाकाका उडान गरेको र त्यहाँबाट दिउँसो २ः३० बजे काठमाडौं अवतरण गर्ने उल्लेख छ ।
नेपाली लिन विभिन्न मुलुकका गन्तव्य पुग्ने निगमका जहाज यताबाट जाँदा भने प्रायः रित्तै हुनेछन् । निगमका अनुसार नेपालबाट फर्कन चाहने यात्रुलाई सम्बन्धित मुलुकको दूतावास वा नेपालको परराष्ट्र मन्त्रालयको लिखित कागजातका आधारमा लैजान सकिने व्यवस्था मिलाइएको छ ।
सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई
निगमको अपरेशनल विभागका अनुसार नेपाल एयरलाइन्सले जुन १४ तारिखमा बङ्गलादेशको ढाका, जुन १५ मा माल्दिभ्सको माले र मलेशियाको क्वालालम्पुरमा उडान गर्नेेछ । त्यसैगरी जुन १६ मा दुबई र कतारको दोहा, जुन १७ मा अष्ट्रेलियाको सिङ्नी, थाइल्याण्डको बैंकक र बहराइनबाट नेपाली ल्याइनेछ । जुन १८ मा साउदी अरेबियाको रियाद र दुबई, जुन १९ मा जापानको नारिता र कुवेत, जुन २० मा साइप्रस, क्वालालम्पुर र दोहा उडान हुनेछ ।
त्यसैगरी जुन २१ मा दक्षिण कोरियाको सोल र ओमानको मस्कट, जुन २२ मा सम्भावित मेल्बर्न, बैंकक, जुन २३ मा नारिता र माले, जुन २४ मा सम्भावित साउदी अरबको जेद्दाह, कुवेत र जुन २५ तारिखका दिन सम्भावित अमेरिकाको लसएन्जलस या डालस उडान गर्ने योजना रहेको निगमले उल्लेख गरेको छ । हिमालय एयरलाइन्सले पनि बंलादेश, श्रीलंका, मलेशिया, कतार, साउदी अबर, युएई, कुवेतलगायत मुलुकबाट चार्टर्ड उडान गरी नेपालीलाई स्वदेश ल्याउनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x