Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

संविधान संशोधनमार्फत निशान छाप नक्सा परिवर्तनपछि भारतले भन्यो, ‘नेपालले वार्ताको वातावरण बिगार्यो’

संविधान संशोधनमार्फत निशान छाप नक्सा परिवर्तनपछि भारतले भन्यो, ‘नेपालले वार्ताको वातावरण बिगार्यो’

काठमाडौं, ३२ जेठ । नेपालको संसद्ले शनिबार सर्वसम्मतिले संविधान संशोधनमार्फत् निशानछाप नक्सा संशोधन गरेपछि भारतले यसमा प्रतिक्रिया जनाएको छ । भारतले नेपाललाई वार्ताको वातावरण बिगारेको आरोप लगाएको छ ।
शनिबार संविधान संशोधनमार्फत् निशानछापमा नेपालले महाकाली पूर्वका भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नक्सा समावेश गरेको थियो । भारतले गत वर्ष कश्मिरको स्वायत्तता खारेजीपछि जारी गरेको नक्सामा नेपाली भूभागलाई समेत समेटेपछि नेपालले भारतसँग वार्तामार्फत् यसलाई सल्टाउन पहल गर्दै आएको भएपनि भारतले वार्ता टार्दै आएको थियो ।
लकडाउनमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग भएर चीनको मानसरोबर जोड्ने बाटोको उद्घाटन गरेपछि विवाद अझै चुलिएको हो । त्यसयता नेपालले भारतीय राजदूतलाई विरोधपत्र दिएर उक्त भूभाग आफ्नो भएको र नेपालले वार्तामार्फत् समाधान चाहेको जानकारी गराएका थिए । तर भारतले कोरोना महामारी अन्त्य भएपछि वार्ता गर्ने बताएको थियो ।
संविधान संशोधनमार्फत् निशान छापको नक्सा परिवर्तनपछि संसद्बाट बाहिरिदैं गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग वार्ताको ढोका खुलै रहेको र वार्तामार्फत् समस्या समाधान गर्ने बताएका थिए । तर भारतको विदेश मन्त्रालयले त्यसलगत्तै नेपालले निशान छाप संशोधन गरेको विषयलाई जानकारीमा लिएको छर उक्त भूभाग भारतकै रहेको र नेपालले आफ्नो नक्साको कृत्रिम विस्तार गरेर भारतसँग सीमाको मामिलामा वार्ताको वातावरण बिगारेको भनेको छ । त्यस्तै, भारतले ऐतिहासिक दस्तावेजले समेत उक्त भूभाग भारतको पुष्टी गरेको र भारतले आफ्नो धारणा यसअघि देखि नै सार्वजनिक गर्दै आएको उल्लेख गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x