Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

राष्ट्रियसभाबाट बजेटसँग सम्बन्धित तीन विधेयक पारित

राष्ट्रियसभाबाट बजेटसँग सम्बन्धित तीन विधेयक पारित

काठमाडौं, ८ असार । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट आएका बजेटसँग सम्बन्धित विभिन्न तीन विधयेक पारित गरेको छ । सभाको सोमवारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित आएका ‘आर्थिक विधेयक, २०७७’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७’ र ‘ऋण तथा जमानत विधेयक, २०७७’ लाई पारित गरेको हो ।
अर्थमन्त्री डा युवराज खतिवडाले विधेयकको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रदूषण हटाउन विद्युतीय सवारी बजेटको प्राथमिकतामा रहेको उल्लेख गर्दै सार्वजनिक यातायाताका साधनमा भएको कर यथावत् रहेको स्पष्ट पारेका थिए । साथै उनले विद्युत्को खपत बढाउने थुप्रै कार्यक्रम बजेटमा रहेको भन्दै कृषिमा रासायनिक मलको भन्सार महशुल नबढेको, पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा नेपालमा रू. २० सस्तो भएकाले यसमा पूर्वाधार कर लगाइएको जानकारी गराएका थिए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘महान्याधिवक्ताको वार्षिक प्रतिवेदन, २०७५÷७६’ सभासमक्ष पेश गरेकी थिइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x