Date

आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025

कास्कीमा निर्माण गर्न लागिएको सेति नदि जलविद्युत आयोजना निर्माण सुपरिवेक्षणको जिम्मेवारी हाइड्रो कन्सल्ट इन्जिनियरिङलाई

कास्कीमा निर्माण गर्न लागिएको सेति नदि जलविद्युत आयोजना निर्माण सुपरिवेक्षणको जिम्मेवारी हाइड्रो कन्सल्ट इन्जिनियरिङलाई

काठमाडौं , ८ असार । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माण हुन लागेको सेति नदि जलविद्युत आयोजनाको सुपरिवेक्षणको जिम्मेवारी हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडलाई दिइएको छ । एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा निर्माण हुन लागेको उक्त आयोजना निर्माणको सम्पुर्ण निरीक्षण र सुपरिवेक्षणको काम हाइड्रो कन्सल्टले गर्ने छ ।

प्रबर्द्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगत बहादुर पोखरेल र हाइड्रो कन्सल्टका प्रमुख कार्यकारी निर्देशक मनोहर श्रेष्ठले आज उक्त सम्झौतामा हस्तान्तर गरे । करिब पाँच अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको आयोजनाबाट २५ मेगावाट विद्युत उत्पादन हुने अध्यक्ष पोखरेलले जानकारी दिए । छ महिनादेखि निर्माणको काम भैरहेको आयोजनाको आगामी २४ देखि २७ महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको पोखरेलले जानकारी दिए ।

आयोजनाको ३० प्रतिशत स्वपूँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लिइनेछ । स्वपूँजीमा बुटवल र कास्कीका लगानीकर्ता सहभागी हुनेछन् ।

अघिल्लो मङ्सिरमै नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक कम्पनी लुम्बिनी भिजनबीच विद्युत् खरीदसम्बन्धी सम्झौतामा हस्ताक्षर भैसकेको छ । सम्झौताअनुसार उक्त आयोजनाबाट उत्पादित विद्युत् वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरीद गर्नेछ । उत्पादित विद्युत कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सव( स्टेशनमा जोडिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *